५.१ संस्थानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
५.१.१ खानेपानी तथा ढल निकास सम्बन्धी योजना तर्जुमा गर्ने र योजना कार्यान्वयन गर्ने गराउने,
५.१.२ खानेपानीको स्रोत तथा वितरण र ढल निकास सम्वन्धी अध्ययन, अनुसन्धान तथा सर्वेक्षण गर्ने,
५.१.३ खानेपानीको स्रोतदेखि वितरण स्थलसम्मको बाटो निर्धारण गर्ने र सोको रेखाङ्कन गर्ने,
५.१.४ खानेपानी तथा ढल निकास सम्बन्धी कामको लागि आवश्यक निर्माण कार्य गर्ने गराउने,
५.१.५ खानेपानी तथा ढल निकास सम्बन्धमा नेपाल सरकार र विदेशी सरकार वा अन्तराष्ट्रिय वा विदेशी संस्था बीच भएका सम्झौता बमोजिम सम्पन्न गर्नु पर्ने कार्यहरू गर्ने,
५.१.६ नेपाल सरकारले तोकिदिएका खानेपानी तथा ढल निकास सम्बन्धी विकास परियोजना सञ्चालन गर्ने,
५.१.७ महसुल तथा शुल्क आदि लिई खानेपानी वा ढल निकासको सुविधा उपलव्ध गराई सेवा प्रदान गर्ने,
५.१.८ खानेपानीको उपयोग तथा ढल निकासको प्रयोग सम्बन्धमा आवश्यक शर्तहरू तोक्ने,
५.१.९ खानेपानीको दुरूपयोग हुन नदिने,
५.१.१० खानेपानीको प्रदूषण नियन्त्रण गर्ने,
५.१.११ खानेपानी तथा ढल निकासको पाइप लाइनहरूको आवश्यक मर्मत तथा सम्भार गर्ने गराउने,
५.१.१२ कुनै कारणले धारामा पानी नआएको सूचना संस्थानलाई प्राप्त भएमा आवश्यक मर्मत गरी यथाशीघ्र सेवा उपलव्ध गराउने,
५.१.१३ संस्थानले आप्mनो सञ्चालन खर्च आफै उठाउने,
५.१.१४ संस्थानको उद्देश्य पूर्तिको लागि आवश्यक अन्य कार्यहरू गर्ने, गराउने ।